नैकिनटार / नेपाल प्रेस युनियनको ३४ औंं स्थापना दिवसको अवसरमा प्रेस युनियन काभ्रेपलाञ्चोकले पनौती नगरपालिका वडा नं ५ स्थित महर्षी मुद्गल सान्दिपनी गुरुकलम्लाई खाद्यान सहयोग गरेको छ ।
नैकिनटार, श्रीखण्डपुरस्थित गुरुकुल पुगेर युनियन काभ्रेले चामल, नुन, तेल, दाल, चिउरा, चिनी, चियापत्ती, विस्कुट, फलफुलसहितका सामाग्री हस्तान्तरण गरेको हो ।
सहयोग सामाग्री लिएर नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष इश्वरी ओझा, पूर्व अध्यक्ष महेशराज पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य सुनिता सापकोटा, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, सचिव शुभराज अधिकारी, सहसचिव इन्द्रबहादुर थापा, कोषाध्यक्ष सरोज अधिकारी, सदस्यहरु रामचन्द्र अधिकारी, विपाशना शाक्य गुरुकुल घर पुगेका थिए ।
विन्धवासिनी आध्यात्मिक प्रतिष्ठानले सञ्चालन गरेको गुरुकुलमा १७ जना बटुक छन् ।
नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीले प्रत्येक बर्ष रचनात्मक काम गरेर स्थापना दिवस मनाउदै आएको र गुरुकुललाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सञ्चार लगायत विभिन्न माध्यमबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिष्ठान एवं गूरुकुलकातर्फबाट रामप्रसाद तिमल्सिना, राजु तिमिल्सनाले पत्रकारका संघसंगठनबाट पाएको सहयोग प्रति आभार प्रकट गर्दै सबैको दान र सहयोगबाट सञ्चालित गुरुकुललाई सहयोग गर्न अन्य व्यक्ति र संस्थालाई अनुरोध समेत गरे ।
प्रतिक्रिया दिनुहोस