बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा सोतोकान करातेको राष्ट्रियस्तरको प्रतियोगिता हुने भएको छ ।
नेपाल सोतोकान कराते डो एसोसिएसन, काभ्रेपलाञ्चोकले पत्रकार सम्मेलन गरेर आगामी जेठ ३० र ३१ ग्ते पाँचखालस्थित श्रीकृष्ण पार्टी प्यालेसमा प्रतियोगिता हुने जानकारी दिएको हो ।
विभिन्न विधामा ३ सय खेलाडीवीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । २६ ताैल समुहमा ७ जिल्लाका खेलाडीले प्रतिष्पर्धा गर्नेछन् ।
पत्रकार सम्मेलनमा आयोजक समितिका राजु दनुवार, गणेशबहादुर दनुवार, राममणि काफ्ले, सम्मान श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, मोहन गजुरेल लगायतले खेल र प्रतियोगिताको बारेमा चर्चा गर्दै यसले जिल्ला र देशकै प्रचार हुने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस