महाभारत / काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गरिएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले पालिकामा अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गरेका हुन्।
नेपालको संविधान २०७२ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ मा भएको ब्यबस्था बमोजिम महाभारत गाउँपालिकालाइ अनिवार्य तथा नि:शुल्क शिक्षा लागू गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले जानकारी दिए ।
पालिकाभित्र ८ वटा वडामा ५० वटा विद्यालय रहेको छ । ३४८४ घरधुरीमा सर्वेक्षण गर्दा विद्यालय उमेरका ५ देखी १३ वर्ष उमेर समुहको ३६७२ बालबालिकाहरु रहेकोमा बालबालिकाहरु सतप्रतिशत विद्यालय भर्ना भए पछी पालिकालाई अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, वडा न ६ का वडाध्यक्ष रमेश लुङ्गेली मगरलगायत वडाध्यक्षहरु, शिक्षासेवीहरु, समाजसेवी, राजनीतिकर्मीहरु, शिक्षक अभिभावकरु लगायतको उपस्थिती रहेको थियो ।
अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएपछि त्यसको दिगोपनाका लागि हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस