लिपुलेक-मानसरोवर सडक निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन, २० जना पक्राउ

नौलो समाचार संवाददाता
२०७७ बैशाख २७, शनिबार मा प्रकाशित ४५३ पटक पढिएको

लिपुलेक-मानसरोवर सडक निर्माणविरुद्ध भारतीय दूतावासअगाडि प्रदर्शन, २० जना पक्राउ

बैशाख २७, काठमाडौँ । लिपुलेक कालापानी क्षेत्रमा भारतले बाटो बनाएको विरोधमा प्रदर्शन गर्न जम्मा भएका सत्तारुढ नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनका लागि जम्मा भएका अनेरास्ववियूका २० नेतालाई प्रहरीले पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको छ ।

पक्राउ परेका अनेरास्ववियूका केन्द्रीय सचिव सुदेश पराजुलीले भने, ‘भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा सामाजिक दूरी कायम गरी शान्तिपूर्ण सांकेतिक विरोधको तयारी गरिरहेका थियौँ । प्रहरीले पक्राउ गरेर हामीलाई महेन्द्र पुलिस क्लबमा ल्यायो ।’

पक्राउ पर्नेमा अनेरास्ववियूका केन्द्रीय सदस्यहरु यशु लामा, महेश श्रेष्ठ, अशाेक थापा, मेघनाथ चापागाई, उत्तर थापा, हर्क बम, विज्ञान दाहाल, सुजन श्रेष्ठ, कैलाश घिमिरेसहित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस