नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४ हजार ८५

७२ जिल्लामा फैलियो संक्रमण
नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २७, मंगलबार मा प्रकाशित ४८२ पटक पढिएको

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ४ हजार ८५

जेठ २७, काठमाडौं । नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३२३ जनामा संक्रमण देखिएको हो।

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ८५ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

नेपालमा हालसम्म ५८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस