नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने

नौलो समाचार संवाददाता
२०८२ भाद्र २, सोमबार मा प्रकाशित ५२७ पटक पढिएको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण टुंग्याउने निर्णय गरेको छ।

सोमबार बसेको जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको नियमित बैठकले भदौ मसान्तसम्ममा नवीकरण सम्बन्धी सम्पूर्ण विवरण जिल्ला कार्यसमितिमा बुझाउन मातहतका सबै समितिलाई निर्देशन जारी गरेको सभापति तीर्थ लामाले जानकारी दिए।

यसअघि क्रियाशील सदस्यता नवीकरण फारम भरेर बुझाइसकेका समितिहरूले पनि क्रियाशील सदस्यको मोबाइल नम्बर अध्यावधिक नगरेको कारण ती फारमहरू दाखिला भएका छैनन् । सचिव गुणराज मुक्तानका अनुसार, जिल्ला कार्यसमितिमा प्राप्त फारमहरूमा मोबाइल नम्बर भए, नभएको रुजु गरेर असोज मसान्त भित्रमा केन्द्रीय कार्यसमितिमा दाखिला गरिनेछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले परिपत्र गर्दै असोज मसान्तसम्ममा केन्द्रमा प्राप्त भएर नवीकरण नभैसकेका क्रियाशील सदस्यहरूले पन्ध्रौँ महाधिवेशनमा भाग लिन नपाउने जनाएको छ।

जिल्ला सभापति लामाले नवीकरण अध्यावधिक नभई महाधिवेशनमा भाग नै लिन नपाउने तर्फ सचेत हुन आग्रह गर्दै क्रियाशील भएर लाग्न जिल्ला कार्यसमिति क्षेत्रनगर कार्यसमिति र सम्बन्धित वडा सभापतिहरुलाई निर्देशन दिए ।






प्रतिक्रिया दिनुहोस