धुलिखेल अस्पतालकाे अाईसाेलेसनमा भर्ना भएका ५ मध्ये २ जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७६ चैत्र १७, सोमबार मा प्रकाशित ४०७ पटक पढिएको
धुलिखेल अस्पतालकाे अाईसाेलेसनमा भर्ना भएका ५ मध्ये २ जना डिस्चार्ज

चैत्र १७, काभ्रे । जिल्लाको धुलिखेल अस्पतालमा काेराेनाकाे अाशंकामा आइसोलेसन कक्षमा हाल ३ जना उपचार गराइ रहेका छन् । यस अघि ५ जना आइसोलेसनमा भर्ना भएकोमा २ जना डिस्चार्ज भएपछि ३ जना बाँकी रहेको धुलिखेल अस्पतालका प्रवक्ता सुमन ताम्रकारले जानकारी दिएका छन् ।

प्रवक्ता ताम्रकारका अनुसार तीन जना मध्य २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ जनाको भने रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।  भर्ना भएका मध्ये एक जना सिन्धुपाल्चोक जिल्लाका रहेका छन् भने अन्य सबै काभ्रे जिल्लाकै रहेका छन् ।

आइतबार ३४ वर्षीय एक युवक र सोमबार २२ वर्षीय युवक गरी दुई जना अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको प्रवक्ता ताम्राकार बताए ।

हिजो भर्ना भएका युवक दुबईबाट फागुन ३० गते नेपाल आएका थिए । उनलाई दुई दिन अघिदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन्।

आज भर्ना हुने युवक तीन हप्ता अगाडि भारतको सिलगुढी गएर आएका थिए । उनी त्यहाँ साथीहरूलाई भेट्न गएका थिए । ज्वरो आएपछि नै भर्ना भएका उनको स्वाब परीक्षणका लागि पठाएको डा. ताम्राकारले बताए ।


प्रतिक्रिया दिनुहोस