भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र २४, सोमबार मा प्रकाशित ५६३ पटक पढिएको

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो

चैत २४, भारत । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट १०९ जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्या चार हजार ६७ रहेको मन्त्रालयले उल्लेख गरेको छ । त्यसमध्ये २९१ जनालाई संक्रमण निको भएको छ ।

नेपालसँग जोडिएको राज्य बिहारमा संक्रमितको संख्या आइतबारसम्म ३२ पुगेको छ । तर बिहारमा परीक्षण अति सुस्त गतिमा भएकाले संक्रमितको संख्या कम देखिएको हुन सक्ने बताइएको छ ।

यस्तै उत्तर प्रदेशमा कोरोना भाइरसका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ । वाराणसी, बस्ती र मरठमा एक–एकजनाको मृत्यु भएको थियो । राज्यमा संक्रमितको संख्या २७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस