स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवा पक्राउ

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ६, मंगलबार मा प्रकाशित ३२१ पटक पढिएको

स्रोत नखुलेको २५ लाख नगदसहित दुई युवा पक्राउ
साँगामा मंगलबार प्रहरीले बरामद गरेको स्रोत नखुलेको २५ लाख नगद । तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक

साँगा / स्रोत नखुलेको २५ लाख नगदसहित प्रहरीले काभ्रेको साँगाबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी सहायक निरिक्षक भगवान अधिकारीको नेतृत्वमा ट्राफिक प्रहरीसहित खटिएको संयुक्त टोलिले जाँच गर्दा सिन्धुपाल्चोकका राजन धमालाले बोकेको जेब्रा झोलाबाट २५ लाख नेपाली रुपैयाँ बरामद गरेको हो । धमालासँगै रहेका साथी सप्तरीका संजय कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पनौतीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्वरको यात्रुबाहक बसमा यात्रा गरिरहेका उनीहरुको साथमा श्रोत नखुलेको रकम भेटिएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक (डिएसपी) मिन घलेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस