मोटरसाइकललाई कारले ठक्कर दिँदा काठमाडौंमा एकजनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख २६, शुक्रबार मा प्रकाशित ४६१ पटक पढिएको
मोटरसाइकललाई कारले ठक्कर दिँदा काठमाडौंमा एकजनाको मृत्यु

बैशाख २६, काठमाडौं : काठमाडौंको रविभवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। आज बिहान रविभवन ओरालो लामपाटीमा निजी कारले ठक्कर दिँदा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो।

कलंकीबाट कालिमाटी जाँदै गरेको कारले मोटरसाइकलमा कालिमाटीबाट कलंकी तर्फ जाँदै गर्दा ठक्कर दिएको हो। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस