लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतद्वारा विरोध

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ५१७ पटक पढिएको
लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतद्वारा विरोध

जेठ ७, नयाँ दिल्ली । लिम्पियाधुरालाई आफ्नो नक्सामा समावेश गर्ने नेपालको निर्णयको भारतले विरोध गरेको छ।

नेपालको निर्णयलाई एकतर्फी कार्य भन्दै भारतले सो भौगोलिक दाबीलाई अस्वीकार गर्ने जनाएको छ।

उसले नेपालले आज (बुधबार) सार्वजनिक गरेको नयाँ नक्शा भारतलाई मान्य नहुने बताएको हाे।

नेपालले नयाँ नक्शामा समावेश गरेका भूभाग तिहासिक तथ्य र प्रमाणसँग मेल नखाने उसको दाबी छ।

गत कात्तिकमा एकतर्फीरुपमा नेपाली भूमि लिपुलेक समेत समावेश गरी नक्शाा जारी गरेको भारतले नेपालले आज गरेको नक्शा सार्वजनिकलाई पनि एकतर्फी कदम बताएको छ।

प्रतिक्रिया दिनुहोस