स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा बन्द

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ५०७ पटक पढिएको
स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा बन्द

असार ५, दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशकसहित चार जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

केही दिनअघि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि घरमै क्वरेण्टीनमा बसेका अस्पतालका निर्देशक, एकजना डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एकजना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । चार जना स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस