मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्न जिल्ला प्रशासनलाई सरकारकाे निर्देशन

नौलो समाचार संवाददाता
२०७७ अषाढ २२, सोमबार मा प्रकाशित ५६३ पटक पढिएको
मास्क नलगाई बाहिर निस्कनेलाई पक्राउ गर्न जिल्ला प्रशासनलाई सरकारकाे निर्देशन

असार २२, काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको छ ।

सोमबार दिउँसो ७७ वटै जिल्ला प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको हो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउए । निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस