उपत्यकामा थपिए ८१७ संक्रमित, जम्मा संक्रमित २२,३२४

४ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७७ आश्विन १२, सोमबार मा प्रकाशित ५४९ पटक पढिएको
उपत्यकामा थपिए ८१७ संक्रमित, जम्मा संक्रमित २२,३२४

असोज १२,काठमाडौं। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ।

उपत्यकामा कोराना संक्रमितको संख्या २२ हजार ३ सय २४ पुगेको छ।

काठमाडौंमा १८ हजार १सय ३२, ललितपुरमा २ हजार २ सय ३१ र भक्तपुरमा १ हजार ९ सय ६१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३५१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ।

२४ घण्टा ७ सय ४२ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ५४ हजार ६ सय ४० जना पुगेको छ। पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ ा

प्रतिक्रिया दिनुहोस