काभ्रेमा एकैदिन ५६ जनामा काेराेना संक्रमण

६९ जनाले जिते काेराेना
नौलो समाचार संवाददाता
२०७७ आश्विन २०, मंगलबार मा प्रकाशित ७९१ पटक पढिएको
काभ्रेमा एकैदिन ५६ जनामा काेराेना संक्रमण

असोज २०, काभ्रे। काभ्रेमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा धुलिखेल नगरपालिकाका १२ जना महिला र ५ जना पुरुष रहेका छन् । त्यस्तै नमोबुद्ध नगरपालिकाका १५ जना पुरुष र ३ जना महिला, बनेपा नगरपालिकाका १० जना पुरुष र ५ जना महिला रहेका छन् । त्यसैगरी पनौती नगरपालिकाका एक जना महिला र एक जना पुरुष, पाँचखाल नगरपालिका २ जना पुरुष, मण्डनदेउपुरका १ जना पुरुष र भुम्लु गाउँपालिकाका एक पुरुष रहेका छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८२४ पुगेको छ । आज एकैदिन ६९ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ५२४ जना निको भएर घर फर्किएका छन् ।

जिल्लामा कोरोना संक्रमणका ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस