काभ्रेली पर्वतारोही बसन्त तामाङको पहिलो सफलता, आरोहण गरे ‘लोबुचे’ हिमाल

नौलो समाचार संवाददाता
२०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ११२६ पटक पढिएको
काभ्रेली पर्वतारोही बसन्त तामाङको पहिलो सफलता, आरोहण गरे ‘लोबुचे’ हिमाल

बैशाख ७, काभ्रे। योग तथा रोशी गाउँपालिकाको पर्यटनलाई प्रवर्दन गर्ने उद्देश्य सहित काभ्रेका वसन्त तामाङ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा रहेका छन् । युवा पर्वतारोही तथा योग शिक्षक तामाङ आज (मंगलबार) लोबुचे हिमालको आरोहण गरेका छन् ।

उनले ६ हजार ११९ मिटर अग्लो हिमाल लबुचेमा पुगेर रोशी गाउँपालिका तथा अष्टांग योग नेपालको झण्डा फहराएका छन्।

रोशी गाउँपालिका वडा नं. १२ का युवा पर्वतारोही बसन्त तामाङ योग शिक्षक पनि हुन् । तामाङ अष्टांग योग नेपालका साथै देश तथा विदेशबाट आर्थिक सहयोग पाएका छन् । सगरमाथाको चुचुरोमा पुगेर योगको एउटा आसन गरेर योग पर्यटनलाई प्रवर्दन गर्ने उद्देश्य रहेको उनले बताएका छन् ।

तामाङ नेपालबाट योग क्षेत्रबाट पहिलो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो पर्वतारोहि हुने छन् ।

उनलाई गत चैत्र १९ गते रोशी गाउँपालिकाका अध्यक्ष डि.बि लामाले रोशीको झण्डा हस्तान्तरण सहित सगरमाथा आरोहणका लागि शुभकामना बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस