काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो

नौलो समाचार संवाददाता
२०७८ बैशाख २१, मंगलबार मा प्रकाशित ८३४ पटक पढिएको

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो

बैशाख २१, काठमाडौं। काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । १६ वैशाखबाट जारी निषेधाज्ञा बुधबार २२ वैशाखमा सकिँदै छ ।

संक्रमण दर बढेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरी सहयोग गर्न सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए । उनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस