तातोपानी नाका हुँदै नेपाल भित्रिए साझाका ३ वटा बिजुली बस, ३७ वटा साउनसम्म ल्याइसक्ने

एउटा बसको मूल्य डेढ करोड
नौलो समाचार संवाददाता
२०७८ चैत्र ३०, बुधबार मा प्रकाशित १०९७ पटक पढिएको
तातोपानी नाका हुँदै नेपाल भित्रिए साझाका ३ वटा बिजुली बस, ३७ वटा साउनसम्म ल्याइसक्ने

चैत ३०, काठमाडौं। साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ल्याउन लागेका ३ वटा बिजुली बस नेपाल आइपुगेको छ। ती बस तातोपानी नाका आइपुगेको र भन्सार प्रक्रिया पूरा गरेर केही दिनमा काठमाण्डौ ल्याइने साझा यातायातका कार्यकारी निर्देशक महेन्द्र पाण्डेले जानकारी दिनुभयो।

चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडबिलिटी टेस्ट’ अर्थात् उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालतर्फ ल्याइएको हो। पहिलो चरणमा साझाले तीन वटा मात्र बिजुली बस ल्याएको हो। चीनको नानजिंगको सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा ती बस तयार भएका हुन्।

ती बस काठमाण्डाै आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने उहाँले बताउनुभयो। सीएचटीसीएचओसँग साझाले प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा किन्न लागेको हो।

साझाले ४० वटा बसमा झन्डै ६१ करोड रुपैयाँ खर्चिंदै छ । बाँकी ३७ वटा बस साउनसम्म ल्याइसक्ने कार्यकारी निर्देशक पाण्डेकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस