पनौतीमा गाडीको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ २२, आईतबार मा प्रकाशित १४३० पटक पढिएको
पनौतीमा गाडीको ठक्करबाट मोटसाइकल चालकको मृत्यु

जेठ २२, काभ्रे। पनौती-बनेपा सडक खण्डअन्तर्गत पनौती नगरपालिका–५ आइटी पार्क नजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकोे छ।

शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताउनुभयो।

उहाँका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका–६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ  छन्। रासस

घटनापश्चात उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा तामाङको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस