सयपत्री प्रतिष्ठानले गर्यो मानव कल्याण समाजलाई सहयोग

नौलो समाचार संवाददाता
२०८० कार्तिक ११, शनिबार मा प्रकाशित ४८५ पटक पढिएको
सयपत्री प्रतिष्ठानले गर्यो मानव कल्याण समाजलाई सहयोग

शंखु\ धुलिखेल–१२, शंखुपाटीचौरमा मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरलाई सयपत्री प्रतिष्ठान नेपालले सहयोग गरेको छ ।

प्रतिष्ठानका संस्थापक अध्यक्ष कृष्णकुमार केसीको सातौं स्मृती दिवसमा कार्यक्रम गरेर प्रतिष्ठानले १६ हजार २ सय ३८ रूपैयाँको जिन्सी सामान, २८ हजार ८ सय रूपैयाँ को खाद्यान र ३४ हजार ५ सय ७५ रूपैयाँ नगद गरी ७९ हजार ६ सय ३ रूपैयाँ सहयोग प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल, प्रतिष्ठानका सल्लाहकार त्रिरत्न रञ्जित, बनेपा वडा नं १३ का पूर्व वडा अध्यक्ष सुर्यनारायण नापित, मानव कल्याण सेवा समाजकी दिपिका मानक लगायत उपस्थित थिए ।

सडकपेटी तथा सार्वजानिक स्थानहरूमा कष्टकर जीवनयापन गर्न विवश अशक्त, अपाङ्ग र मनोरोगी बेबारिसे व्यक्तिहरूलाई समाजले सेवा घरमा आश्रय दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस