धुलिखेल/ काठमाडौं युनिभर्सिटी (केयू) का नवनियुक्त उपकुलपतिमा प्राडा अच्युत वाग्ले मंगलबार पदभार ग्रहण गरेका छन् ।
सोमबार उपकुलपति नियुक्त प्राडा वाग्लेले मंगलबार कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग पद तथा गोपनीयताको सपथ लिए लगत्तै केयू केन्द्रीय कार्यालय धुलिखेलमा पदभार ग्रहण गरेका हुन् ।
२०७९ असोज २ गतेदेखि केयूका रजिष्ट्रार रहेका वाग्ले माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल सकिएपछि निमित्त उपकुलपतिको जिम्मेवारीमा थिए ।
अर्थशास्त्रका प्राध्यापक वाग्ले यसअघि काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसम) का एशोसिएट डिन समेत थिए ।
प्रतिक्रिया दिनुहोस