पनौती / काभ्रे सेवा समाजको आयोजनामा बैशाख २९ गते बुद्ध जयन्तीको दिन पनौतीदेखि नमोवुद्धसम्मको शान्ति पदयात्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवले समुद्घाटन गर्ने तय भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको समग्र विकासको लागि ‘काभ्रेको लागि केही गरौं’ भन्ने मूल नाराका साथ २०६९ सालमा स्थापना भएको समाजले विश्व सम्पदा सुचीमा प्रस्तावित र मन्दिरहरुको सहरको रुपमा परिचित काभ्रेको पनौतीदेखि गौतमवुद्धले पाईला टेकेकोे नमोवुद्धसम्म गर्ने सांस्कृतिक शान्ति पदयात्रा प्रथम राष्ट्रपति यादवले समुद्घाटन गर्ने समाजका अध्यक्ष पुरुषोतम नेपालले जानकारी दिए ।
बागमती प्रदेश अन्र्तगत काठमाडौ पर्यटन कार्यालयको मुख्य सहयोग, काभ्रेका स्थानीय तह तथा विभिन्न साझेदारहरुको सहयोगमा शान्ति पदायात्रा आयोजना गर्न लागिएको हो ।
विश्वभर शान्ति र सद्भावको सन्देश फैल्याउदै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य सहित शान्ति पदयात्रा कार्यक्रम आयोजना गरिएको नेपालले जानकारी दिए । उनका अनुसार, शान्ति पदयात्रा पनौतीको मानेश्वरीबाट रिवन काटी सुरु गर्ने र सुन्थान–इटे–शंखु–शंखेश्वरी–जंगल हुँदै नमोबुद्घमा पुगेर टुंगिनेछ । पनौतीदेखि नमोवुद्धसम्मको ९.५ किलोमिटर दुरी छ ।
विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउनुका साथै स्थानीय कला, संस्कृतिको प्रवद्र्धनमा सहयोग गर्नुका साथै आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपुर्ण योगदान गर्ने अपेक्षा समाजले गरेको छ । पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापारी, व्यवसायी, नागरिक समाज, पत्रकार लगायतका क्षेत्रका प्रतिनीधिहरुसहित करिब एक हजार जना सहभागी हुने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस