गैरसरकारी संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित २४४ पटक पढिएको

गैरसरकारी संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा

धुलिखेल /  गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकमा आवद्ध सामाजिक संघ संस्थाका प्रतिनिधीलाई करदाता शिक्षा दिइएको छ ।

आन्तरिक राजस्व कार्यालय धुलिखेल तथा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा काभ्रेपलाञ्चोकको आयोजना र शैक्षिक सशक्तिकरण केन्द्र नेपालको सहयोगमा धुलिखेलमा गैर सरकारी संस्थाहरुको कर परिपालना विषयक एक दिने अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका कर अधिकृत रमेश ढकालले करसम्बन्धी विभिन्न व्यवस्था र कानूनकाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख कर अधिकृत रमेश भट्टराईले सहभागीका जिज्ञासा समाधान गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समयमा नै कर बुझाउन व्यक्ति र संघसंस्थालाई अनुरोध गरे ।

गैरसरकारी संस्था महासंघ नेपाल काभ्रेका प्रमुख गंगा दोङले करको विषयमा गैरसरकारी संस्थाहरुलाई प्रष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

 






प्रतिक्रिया दिनुहोस