बाढीपहिरोकाे जाेखिम रहेकाेले काभ्रेमा पनि सतर्कता अपनाउन प्रशासनकाे आग्रह

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ४५३ पटक पढिएको
बाढीपहिरोकाे जाेखिम रहेकाेले काभ्रेमा पनि सतर्कता अपनाउन प्रशासनकाे आग्रह

असार २५, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ । मौसम पूर्वामानु महाशाखाले आजदेखि चार दिनसम्म ठूलो पानी पर्ने बताएपछि काभ्रे प्रशासनले पनि बाढीपहिरोबाट सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सीनाले एक सुचना मार्फतजिल्लाका सबै स्थानीय तहहरु र सरोकारवाला निकायहरुलार्ई बाढी पहिरो जान सक्ने सम्भावना भएका ठाँउमा सर्तकता अपनाउन आग्रह गर्नु भएको छ ।

सडक यातायात अबरुद्ध हुने ठाँउ तथा ढल निकास ब्यबस्थीत नभएका ठाँउमा डुवान समेत हुन सक्ने भएकाले सबै सरोकारवाला निकायहरुमा अवश्यक समन्वय गरी विपद् जोखिम न्यूनिकरणमा उच्च सर्तकता अपनाउन अग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेकाे सूचना


प्रतिक्रिया दिनुहोस