तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले बनायो समिति

पार्टीको कुनै सदस्य संलग्न भए प्रमाण अनुसार कार्वाही गर्ने
नौलो समाचार संवाददाता
२०८२ आश्विन ३, शुक्रबार मा प्रकाशित ५८६ पटक पढिएको

तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन कांग्रेसले बनायो समिति

बनेपा / जेन्जि आन्दोलनको नाममा भएको तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले समिति बनाएको छ ।

असोज ३ गते बसेको जिल्ला कार्यसमितिको बैठकल पार्टी कार्यालयमा भएको तोडफोड आगजनीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन पार्टीको तर्फबाट कानुनी उपचारको लागि अधिवक्ता समेत रहेका उपसभापति रमेश प्र. हुमागाईको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर जिम्मेवारी दिने निर्णय गरेको हो । समितिमा अधिवक्ता महेश कुँवर र सन्तोष गौतम सदस्य छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालको परिपत्र अनुसार काभ्रे जिल्लामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिगत तथ्य विवरण संकलनको लागि सचिव गुणराज मुक्तानको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरिएको छ । तोडफोड र आगजनीमा पार्टीको कुनै सदस्य संलग्न भएको भए प्रमाण संकलनको लागि सचिव माधव ढकालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेको कार्यालय भवन पुननिर्माण र मर्मतको लागि सहसचिव समीर व्याञ्जु श्रेष्ठको संयोजकत्वमा सहसचिव रवीन्द्रनाथ सिग्देल, प्रवक्ता सन्तमान तामाङ, जिल्ला सदस्य रामराज जोशी र सनिता न्यौपाने बजगाई सदस्य रहेको समिति पनि गठन गरेको छ ।

बैठकले आन्दोलनमा ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जली र पार्टी सभापति शेरवहादुर देउवा लगायत घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस