काभ्रेमा सार्वजनिक बस चल्न सुरु

मापदण्ड विपरीत खचाखच यात्रु
नौलो समाचार संवाददाता
२०७७ श्रावण ७, बुधबार मा प्रकाशित ८१५ पटक पढिएको
काभ्रेमा सार्वजनिक बस चल्न सुरु

साउन ७, काभ्रे। काभ्रेमा पनि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । धुलिखेल, बनेपा, भकुण्डे, पाँचखाल लगायतका ठाउँबाट साँगासम्म बस चल्न थालेका हुन् ।

काभ्रे बस ब्यवासयी संघ, काभ्रे मिनी बस ब्यवसायी संघ र हिमाल तराई यातायात समितिले औपचारिक निर्णय नगरेपनि बस ब्यवसायीहरुले धमाधम बस सञ्चालन गरेका हुन् । बसमा खचाखच यात्रु देखिन्छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना नगरेको भन्दै आलोचना पनि हुन थालेको छ ।

मापडण्द अनुसार कुल बस क्षमताको आधाभन्दा बढी यात्रु बोक्न पाइदैन । तर ब्यवसायीहरुले उभ्याएर यात्रु बोकिरहेका छन् । प्रहरी प्रशासनले खास निगरानी राख्न सकेको छैन् । यात्रुहरुले पनि सुरक्षाको कुनै पनि सावधानी अपनाइएको पाइदैँन् ।

प्रतिक्रिया दिनुहोस