होटेललाई क्वारेन्टाइन बनाउन दिने हेटौंडाका दुई व्यवसायीको घोषणा

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ५१३ पटक पढिएको
होटेललाई क्वारेन्टाइन बनाउन दिने हेटौंडाका दुई व्यवसायीको घोषणा

चैत ८, हेटौंडा । हेटौंडाका दुई व्यवसायीले कोरोना भाइरस ९कोभिड(१९० को क्वारेन्टाइनका लागि व्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने बताएका छन् । सरकारलाई आवश्यक परे हेटौंडा उपमहानगरपालिका(८ कालिका टोलमा रहेको सुबिधा सम्पन्न पार्टी प्यालेस, हेटौंडा ४ खोपेगल्लीमा रहेकोे होटल आशिर्वाद र आशिर्वाद थकाली थानाभर्‍याङ क्वारेन्टाईनका लागि उपलव्ध गराउने घोषणा गरेका हुन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी फैलिएको खण्डमा नेपालमा पनि यसको संक्रमण हुने अवस्था रहेको भन्दै दुबै व्यवसायीले प्रदेश सरकारले आवश्यक ठाने स्थान उपलव्ध गराउन तयार रहेको उनीहरुले बताए ।

पार्टि प्यालेसका सञ्चालक महेश थापाले एक करोड बढीको लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याउने तयारी थालेका थिए ।

होटल व्यवसायी दिपक सिवाकोटीका अनुसार दुई होटेलमा गर १ सय २० जनासम्म मानिस राख्न सकिन्छ । महामारीको समयमा प्रदेश, स्थानीय सरकारले आवश्यक ठाने स्थल उपलव्ध गराउन तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस