काभ्रेको भुम्लुमा पनि कोरोना परिक्षणको हेल्थ डेस्क संचालन

नौलो समाचार संवाददाता
२०७६ चैत्र ९, आईतबार मा प्रकाशित ६६४ पटक पढिएको
काभ्रेको भुम्लुमा पनि कोरोना परिक्षणको हेल्थ डेस्क संचालन

चैत्र ९, काभ्रे । काभ्रे जिल्लाको कोशिपारिमा रहेको भुम्लु गाउँपालिकाले आफ्नो गाउँपालिका छिर्ने मुख्य नाका वडा नं. ८ को दोलालघाट कोसिपारी बसपार्कमा (कोरोना भाइरस) परिक्षणको लागि हेल्थ डेस्क स्थापना गरेको छ ।

गाउँपालिमा छिर्न चाहानेले स्वास्थ्य परिक्षण गरेर मात्रै प्रवेश गराउने निर्णय पालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठ जानकारी दिईन । कोभिड १९ (कोरोना भाइरस) रोगको परिक्षणको लागि पालिकाले भने पालिकाको मुख्य आवतजावत केन्द्रहरुमा हेल्थ डेक्स संचालन गर्ने बताईन् ।

गाउँपालिका उपाध्यक्ष श्रेष्ठका अनुसार बाहिरी देशको तथ्यांक हेर्दा कोरोना छिटोभन्दा छिटो सर्ने रोग भएकोले यसको रोकथाम तर्फ विशेष ध्यान दिनुपर्ने बताईन । भुम्लु गाउपालिकाले आफ्नो नाकाभित्र कोरना भाइरसको प्रभाव नियन्त्रण गर्न वडा नं. ८ को दोलालघाट कोसिपारी बसपार्कमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ जाँच सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस