फ्रान्सबाट आएका दुई युवा बागलुङ जिल्ला अस्पतालमा भर्ना

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ४८२ पटक पढिएको

फ्रान्सबाट आएका दुई युवा बागलुङ जिल्ला अस्पतालमा भर्ना

चैत ११, काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा बागलुङ जिल्ला अस्पतालमा दुई जना युवा भर्ना भएका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका उनीहरु उच्च ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् ।

उनीहरुको थप स्वास्थ्य परीक्षणका लागि नमुना काठमाडौंको टेकु पठाउन लागिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

काठमाडौंमा कोरोनाको संक्रमण देखिएकी १९ बर्षीया युवतीसँगै उनीहरु यही चैत ४ गते नेपाल आएका थिए ।

विमानमा उनीसँगै आएका अन्य यात्रुहरुको खोजी भइरहेको भन्दै सरकारले युवतीका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस