सिमामा अलपत्र परेका हजार भन्दाबढी नेपालीलाई प्रवेश दिईयाे, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ५१० पटक पढिएको

सिमामा अलपत्र परेका हजार भन्दाबढी नेपालीलाई प्रवेश दिईयाे, १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

चैत ११, काठमाडौं । नेपाल-भारत सीमा नाका कैलालीको गाैरीफन्टामा अलपत्र परेका नेपालीलाई आज स्वदेश प्रवेश गर्न दिइने भएको छ।

अर्थ र  सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए।

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सुनाउँदै खतिवडाले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय भएको बताए।

पूर्वदेखि पश्चिमसम्म भारतसँगका सीमा क्षेत्रमा नेपालीहरू अलपत्र परेको जानकारी स्थानीय प्रशासन र सञ्चार माध्यमबाट जानकारी आएपछि आज प्रवेश गर्न दिने निर्णय गर्नुपरेको उनले बताए।

आज सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरू अनिवार्य रूपमा क्वारेनटाइनमा बस्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए। प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरी १४ दिन उनीहरूलाई क्वारेन्टाइनमा राख्नुपर्छ।

एक हजार जनाभन्दा बढी अलपत्र रहेको कैलालीको गौरीफन्टा नाकाका नेपालीको विवरण संकलन गरी नेपाल प्रवेश गर्न दिइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलेलाई बताए।

मंगलबार राति नै नाकामा आइपुगेका नेपालीहरू नेपाल प्रवेश गर्न सुरक्षाकर्मीले रोकेपछि ढुंगामुढा गरेका थिए। उनीहरूलाई सशस्त्र प्रहरीले लाठीचार्जसमेत गरेको थियो।


प्रतिक्रिया दिनुहोस