काठमाडौंमा थप एक जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितकाे संख्या तीन

नौलो समाचार संवाददाता
२०७६ चैत्र १२, बुधबार मा प्रकाशित १३४२ पटक पढिएको

काठमाडौंमा थप एक जनामा काेराेना संक्रमण, नेपालमा संक्रमितकाे संख्या तीन

चैत १२, काठमाडौं । काठमाडौंमा थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक पुरुषमा मंगलबार उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । मंगलबार बेलुका कोरोना पोजेटिभ देखिएको थियो । तर, सार्वजनिक भने आज गरिएको हो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण प्रयोगशालामा उपचार भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । यसअघि माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना देखिएको थियो । अहिले उनलाई उपचारपछि सञ्‍चो भएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

त्यसैगरी चैत १० गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक १९ वर्षीया किशोरीमा पनि कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ ।

उनको पनि हाल टेकुस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य भएको बताइएको छ ।

विश्वभरका १९७ मुलुकमा फैलिएको कोरोना संक्रमितको संख्या चार लाखभन्दा बढी पुगेको छ भने करिब २० हजारको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस