ईन्सेककाे पहलमा धुलिखेल कारागारमा अाैषधी वितरण

नौलो समाचार संवाददाता
२०७६ चैत्र १६, आईतबार मा प्रकाशित ६७४ पटक पढिएको

ईन्सेककाे पहलमा धुलिखेल कारागारमा अाैषधी वितरण

चैत १६, काभ्रे । काभ्रे जिल्ला स्थित धुलिखेल कारगारमा औषधि वितरण गरिएको छ । ईन्सेक काभ्रेको पहलमा राष्ट्रिय यूवा संगठन नेपालका केन्द्रीय सदस्य भेषराज शाह र जिल्ल संयोजक बिक्रम चौलागाईद्वारा कारगार प्रमुख जेलर जङ्गबहादुर राइलाई औषधि वितरण गरिएको हो ।

कारगारमा ओजिला ५ वट्टा, जोसट् (१००) २ वट्टा, क्लोनाज १ वट्टा, भल्परेन १ वट्टा, ट्रेड (२५) २ वट्टा डिटोल साबुन २४ पिस, ग्लाब्स ३० थान, सानेटाइजर २५ पिस, डिकोल्ड १०० फाइल र साईनेक्स ५० फाइल औषधी वितरण गरिएको छ ।

शाहले इन्सेक अनलाइनमा ‘धुलिखेल कारागारमा औषधि अभाव’ भन्ने समाचार पढेपछि औषधी सहयोग गर्ने भावना जागेको बताउनु भयो । औषधि हस्तान्तरण गर्दै शाहले आगामी दिनमा बन्दीहरुलाई आवश्यक औषधी सामाग्रीहरु समेत वितरण गर्ने बताउनुभयो ।

औषधी वितरण कार्यक्रममा सहभागि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले कोरोना भाईसरले आक्रान्त भैरहेको बेला कारगारभित्र रहेका बन्दीहरुका लागि ईन्सेक काभ्रेको पहलमा औषधी वितरण भएकोमा ईन्सेक काभ्रेलाई धन्यवाद दिनुभयो । उहाँले कारगारमा रहेका बन्दीहरुका लागि स्वास्थ्य कार्यालय काभ्रेले पनि सहयोग गर्ने बताउनु भयो ।

बन्दीहरुलाई मनकारी भावना बोकेर ईन्सेकको पहलमा आइपुगेका सहयोगी यूवा व्यवसायीहरुलाई  कारगारका प्रमुख जेलर जङ्गबहादुर राईले धन्यवाद दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमारबिक्रम थापा र यूवा संगठन नेपाल धुलिखेलका नेता सिवी लामाको उपस्थीति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस