काभ्रे धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना परिक्षण हुने

नौलो समाचार संवाददाता
२०७६ चैत्र २२, शनिबार मा प्रकाशित १३१२ पटक पढिएको

काभ्रे धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना परिक्षण हुने

२२ चैत्र, काभ्रे । धुलिखेल अस्पतालमा आईतबारबाट कोरोना संक्रमण सम्वन्धी परिक्षण शुरु हुने भएको छ ।

पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना संक्रमणको परिक्षण हुनेछ । पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरुको ब्यवस्थापनका लागि पहिलो चरणमा साताको दुई पटक मात्रै परिक्षको ब्यवस्था मिलाईएको अस्पतालका प्राध्यापक डा. सुमन ताम्राकारले जानकारी दिए । सिमित पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरु उपलब्ध रहेकोले केहि दिन कोरोनाको लक्षण देखिएका केहि बिरामीहरुको परिक्षण गरिने डा. ताम्राकारको भनाइ छ ।

“संक्रमणको अवस्था हेरेर परिक्षणको अवधी बढाईने छ, अहिले नै कति संख्यामा बिरामीको परिक्षण गर्ने र परिक्षण किट र पिपिई लगायतका सामग्रीको बारेमा जानकारी दिन मिल्दैन” डा. ताम्राकारले भने ।

यस अघि राजधानी र आसपासका क्षेत्रबाट समेत राजधानीको टेकुमा मात्रै परिक्षण गरिदै आएको थियो ।

धुलिखेल अस्पतालमा परिक्षण शुरु भए पछि काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, रामेछाप, सिन्धुली र दोलखाका केहि क्षेत्रका नागरिकहरुको परिक्षणमा सहज हुनेछ ।

बागमती प्रदेश सरकारले उक्त रोगको परिक्षण र उपचारका लागि धुलिखेल अस्पताललाई नगरपालिका मार्फत २० लाख उपलब्ध गराई सकिएको छ ।


प्रतिक्रिया दिनुहोस