पाँचखालमा एउटा वडाबाट अर्कोमा जान प्रतिबन्ध

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ६५४ पटक पढिएको
पाँचखालमा एउटा वडाबाट अर्कोमा जान प्रतिबन्ध

चैत २३, काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा एउटा वडाबाट अर्को वडामा जान रोक लगाईएको छ ।

संघीय सरकारले निर्णय गरेको भोलिपल्ट आज आइतबार बसेको ६२ औ बैठकले एक वडाबाट अर्को वडामा जान रोक लगाएको नगर प्रमुख महेश खरेलले जानकारी दिए । कोरोना (कोभिड १९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि एक वडाबाट अर्को वडामा जान रोक लगाएको उनले बताए ।

बैठकको निर्णय अनुसार पाँचखाल नगरपालिकाले तरकारी, दूध, औषधी र खेतबारीमा काम गर्ने कृषक बाहेक भोली देखि एक वडाबाट अर्को वडामा जान जान पाइने छैन । बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम एवं सरसफाइमा नगरपालिकाबाट खटिएका कर्मचारीको मृत्यु भए २५ दिइने स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले लकडाउन भएपनि स्थानीयले नियममा नबसेको भन्दै बैंठकले मदिरा जन्य पसलहरु सबै बन्द गराउने, वडा भित्र रहेका खाद्यान्न पसलहरु हप्तामा २ दिन सोमबार र शुक्रबार खोल्ने, नगरभित्र रहेका होलसेल पसल हप्तामा १ दिन सोमबारमात्र खोल्न पाउने समेत निर्णय गरेको नगर प्रमुख खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस