काभ्रेकाे भुम्लुमा किटनाशक औषधि छर्न शुरु

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ३४८ पटक पढिएको

काभ्रेकाे भुम्लुमा किटनाशक औषधि छर्न शुरु

चैत २५, काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिकामा किटनाशक औषधि (डीसइन्फेक्सन) छर्न शुरु गरिएको छ । आज वागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल र गाउँपालिका अध्यक्ष गुमानध्वज कुवँरको सहभागीतामा किटनाशक औषधि छर्न शुरु गरिएको हो ।

किटनाशक औषधि सांसद लम्साल र गाउँपालिका अध्यक्ष कुवँर आफैले छरेका थिए ।

कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारले किटनाशक औषधि छर्ने योजना बनाए बमोजिम भुम्लु गाउँपालिकाले किटनासक औषधि छर्न शुरु गरेको गाउँपालिका अध्यक्ष कुवँरले बताए ।

‘शुरुमा हामीले अरनिको राजमार्ग भएर आवात–जावात गर्नेको संख्या बढी भएको कारणले दोलालघाटको बजारबाट ‘डीसइन्फेक्सन–स्प्रे’ गर्न शुरु गरेका हौं ।’ गाउँपालिका अध्यक्ष कुवँरले बताए ।


प्रतिक्रिया दिनुहोस