विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी फर्किए, आज बेलायती नागरिक फर्कने

नौलो समाचार संवाददाता
२०७६ चैत्र २६, बुधबार मा प्रकाशित ३१५ पटक पढिएको

विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी फर्किए, आज बेलायती नागरिक फर्कने

चैत २६, काठमाडौं । बेलायतले नेपालमा रहेका आफ्ना नागरिकलाई आज स्वदेश फर्काउँदै छ ।

कोरोना भाइरसको महामारी रोक्न सरकारले गरेको देशव्यापी लकडाउनका कारण अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर बेलायतले आज (बुधबार) स्वदेश फर्काउन लागेको हो ।

बेलायती नागरिक लैजान मध्यान्ह टाइटन एयर काठमाडौं आउने बताइएको छ । टाइटन एयरलाई चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणले अनुमति दिइसकेको छ ।

टाइटनले तीन सय यात्रु बोकेर फर्कंदै छ । त्यस्तै, लकडाउनपछि कतार एयरले नेपालबाट आफ्नो छैटौँ चार्टर उडान पनि गर्दै छ ।

जर्मन दूतावासले गरेको चार्टरमा कतार एयरले जर्मनी र युरोपेली मुलुकका नागरिक लिएर फर्कन लागेको हो ।

आजको उडानसँगै लकडाउनको अवधिमा विमान चार्टर गरेर करिब २ हजार ६ सय विदेशी नागरिक फिर्ता गएका छन् ।

आन्तरिक उडानबाट विदेशी पर्यटकको उद्धार रोकिए पनि काठमाडौंमा रहेका विदेशी नागरिकलाई भने निरन्तर पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस