आज पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ९४६ पटक पढिएको
आज पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा

चैत २७, काठमाडौं । आज देशका अधिकाशं पहाडी भू–भागको मौसम बदली भइ केहि स्थानमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने संभावना छ।

मध्य,पुर्व र पश्चिम पहाडका एक दुइ स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले स्थानीय वायू र पश्चिमी वायूको प्रभावका कारण हावाहुरी , मेघ गर्जन र चट्याङ सहित पानी पर्ने बताएन्।

अन्य स्थानको तुलनामा पश्चिमी क्षेत्रमा धेरै पानी पर्ने उनको भनाइ छ। देशका अन्य स्थानको मौसम सफा रहनेछ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर ३० डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस