काभ्रेमा २८८ वेडको क्वारेन्टाइन तयार

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ३४८ पटक पढिएको
काभ्रेमा २८८ वेडको क्वारेन्टाइन तयार

चैत्र २७, काभ्रे । काभ्रेमा २८८ वेडको क्वारेन्टाइन निर्माण भएका छन् । जसमा धुलिखेल नगरपालिकामा ६५ वेड, बनेपा नगरपालिकामा ५० वेड, पनौती नगरपालिकामा १० वेड, नमोबुद्ध नगरपालिकामा १८ वेड, पाँचखाल नगरपालिकामा ११ वेड, रोसी गाउँपालिका १० शैयाको क्वारेन्टाइन वेड तयार भएका छन ।

त्यस्तै महाभारत गाउँपालिकामा ३५ वेड, मण्डनदेउपुर नगरपालिका १५ वेड, चौँरीदेउराली गाउँपालिका १५ वेड, भुम्लु गाउँपालिका ३० वेड, बेथानचोक गाउँपालिका १० वेड, तेमाल गाउँपालिका चार वेड र खानीखोला गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन वेड तयार भएको जिल्ला आपतकालिन समितिले जनाएको छ ।

काभ्रेमा फागुन ३० देखी हालसम्म २५१ जना विदेशबाट फर्किएका छन । विदेशबाट फर्किएका होम क्वारेन्टाइनमा रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस