आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

नौलो समाचार संवाददाता
२०७६ चैत्र २८, शुक्रबार मा प्रकाशित २४३ पटक पढिएको
आज मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

 

चैत २८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसैगरी, हाल देशका पश्चिमी भू–भाग तथा पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली र बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज दिउँसोको देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

यस्तै, राति देशको पश्चिमी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। भने, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस