लकडाउनले पैदल हिडेका यात्रुलाई निःशुल्क खाना खुवाउदै नेविसंघ काभ्रे

नौलो समाचार संवाददाता
२०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ६५९ पटक पढिएको

लकडाउनले पैदल हिडेका यात्रुलाई निःशुल्क खाना खुवाउदै नेविसंघ काभ्रे

चैत ३०, काभ्रे । लकडाउन लम्बिएसँगै राजधानीबाट आफ्नो घर तर्फ हिडेका यात्रुलाई नेपाल विद्यार्थी संघ काभ्रेले निःशुल्क खाना खुवाई रहेको छ । काँग्रेस निकट विद्यालर्थीहरुले अरनिको राजमार्ग अन्तर्गत पाँचखालसम्म र बीपी राजमार्गको काभ्रेभञ्ज्याङसम्म खाना उपलब्ध गराएका हुन् ।

काभ्रे र भक्तपुरको सिमाना सागाँभञ्ज्याङ देखि पैदलयात्रुलाई खाना उपलब्ध गरादैँ आएको नेविसंघका अध्यक्ष नृपेश बादेले बताए । नेविसंघले बिहीबारबाट निःशुल्क खाना उपलब्ध गराउन थालेको हो । हालसम्म ८ सयभन्दा बढीलाई खाना खुवाईसकेको अध्यक्ष बादेले बताए ।

नेविसंघले आफ्नै साथीहरुसँग रकम उठाएर निःशुल्क खाना उपलब्ध गराएको हो । केहि चामल भने बागमती टिपर ब्यवसायी संघले पनि उपलब्ध गराएको छ । लकडाउन लम्बिएपछि राजधानीबाट सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुंगा सहित तराईका विभिन्न जिल्लाका नागरिक आ–आफ्नो गन्तब्यमा काभ्रे हुदैँ हिडेर गइरहेका छन् । लकडाउनपछि होटल पसल बन्द छन् । पैदय यात्रुलाई खानाको समस्या नपरोस् भनेर सबै मिलेर निःशुल्क खाना दिन सुरु गरेको अध्यक्ष बादेले बताए ।

पैदलयात्रुका लागि दैनिक २५ देखि ३० किलो चामल पकाउने गरिएको छ । खाना, तरकारी, अण्डा र सालाद सहितको प्याकिङ खाना पैदलयात्रुलाई दिने गरेको र बच्चा हुनेलाई दुध समेत उपलब्ध गरिएको अध्यक्ष बादेले जानकारी दिए । नेविसंघले ड्युटीमा खटिएका प्रहरीलाई समेत खाना दिने गरेको छ ।

यस्तै बनेपामा रहेका सरकारी विद्यालयहरुमा विद्यार्थी शिक्षकहरुलाई निशुल्क मास्क १६५० पिस भन्दा बढी  वितरण गरिएको छ ।

कोठामा बस्ने विद्यार्थीहरु, सुत्केरी महिला, अपांग र अति विपन्न व्यक्तिहरुलाई कोठामै पुगेर ९६ परिवरलाइ राहत सामग्री चामल,दाल, तेल नुन,साबुन,दालमोद लगायतका सामग्री वितरण गरिएको छ ।

आउदो मंगलबारबाट पदैल यात्रुलाई सामान्य मेडिकल सामग्रीका साथै शक्ति बर्दक जुस उपलब्ध गराउने योजना रहेको अध्यक्ष बादेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस