नेपालमा थप तीनजनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो

नौलो समाचार संवाददाता
२०७६ चैत्र ३०, आईतबार मा प्रकाशित ४०१ पटक पढिएको

नेपालमा थप तीनजनामा कोरोना, संक्रमितको संख्या १२ पुग्यो

चैत ३०, काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना संक्रमण भएको छ । वीरगन्जको नारायणी क्षेत्रीय अस्पतालमा आएकार तीनजना भारतीय धर्मगुरुमा कोरोना संक्रमण देखिएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि नेपालमा १२ जनामा कोरोना देखिएको पुष्टि गरेको छ । उनीहरुको दुईपटक हेटौँडामा कोरोना परीक्षण गरिएको थियो । दुवैपटक कोरोना संक्रमण पोजेटिभ देखिएपछि थप परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

शनिबार बेलुका आएको रिपोर्टअनुसार उनीहरु तीनजनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसँगै २१ जना परीक्षणका लागि नारायणी अस्पताल पुगेको बताइएको छ ।

मन्त्रालयले भनेको छ, “पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा शंकास्पदहरुमा रहेका २१ जनाको परीक्षण गर्दा त्यसमध्ये तीनजना वर्ष ३७, ५५ र ४४ वर्षका पुरुषहरुलाई कोभिड १९ को शंका लागि नारायणी अस्पताल वीरगन्ज आइसोलेसनमा राखि निजहरुको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको ल्याबमा परीक्षण गरिएको थियो । उक्त परिक्षणमा २१ जनामध्ये शंकास्पद तीनजनाको पुनः ऐकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार पुनः परीक्षण गरिएकोमा त्यहाँबाट समेत पोजेटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरुको गएको स्थान पहिचान गरि कन्ट्याक ट्रेसिङ गर्ने कार्यहरु भैरहेको छ ।”


प्रतिक्रिया दिनुहोस