काभ्रेमा दुई जनामा काेराेना पुष्टि भएसंगै प्रशासनद्वारा हिडडुलमा थप कडाई

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित १११५ पटक पढिएको
काभ्रेमा दुई जनामा काेराेना पुष्टि भएसंगै प्रशासनद्वारा हिडडुलमा थप कडाई

बैशाख २, काभ्रे । सरकारले चौथो पटक लकडाउनको समय थप गरेकै दिन काभ्रे जिल्लामा दुई जनामा काेराेना संक्रमण पुष्टि भएपछि प्रशासनले हिड्डुलमा कडाइ गरेेको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्ने ब्यक्तिहरुलाई सोहि स्थानबाट नियन्त्रणमा लिने र छिमेकी जिल्लाबाट पैदल हिडेर काभ्रे प्रदेश गर्नेलाई प्रवेश निषेध गर्ने बताएको हो ।

आज (मंगलबार) प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले एक सुचना निकालेर जिल्ला प्रवेश गर्नेलाई पूर्ण रुपमा निषेध गर्ने बताए ।

आजै काभ्रेका बेथानचाेक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका १/१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । उनीहरूको धुलिखेल अस्पतालमा आईसोलेसनमा उपचार भैरहेको छ ।

जिल्लामै दुुुई जनामा काेराेना संक्रमण भएपछि अनावश्यक हिडडुल तथा अर्को जिल्ला प्रवेश गर्ने पैदलयात्रीमाथी प्रतिबन्ध गरिएको बुझिएको छ ।

काठमाडौं उपत्यकाबाट भक्तपुर हुदैँ दैनिक सयौँको संख्यामा हिडेर काभ्रे हुँदै सयौं मानिसहरू आ-आफ्नो गन्तब्य जिल्लला हिडेरै जाने गरेका छन् । दिउँसो हिड्दा कारवाहिमा परिने डरले मानिसहरु रातकाेे समयमा बनेपा-धुलिखेल हुदैँ हिडेर जाने गरेका छन् ।

बनेपा प्रहरीले यसअघि पनि पटक–पटक लकडाउन उल्लंघन गरेको भन्दै सयौँलाई नियन्त्रणमा लिएर छाडेको छ । यसरी हिडेर काभ्रे आएकाहरुलाई केहि संघसंस्थाले निःशुल्क खाना पानीको समेत ब्यवस्था गर्ने गरेका छन् ।

जिल्लाका उच्च अधिकारीहरु बस्ने ठाउँ धुलिखेलमा समेत लकडाउन प्रभावकारी नभएको जन-गुुुुुुनासाे रहेकाे छ। राजमार्गमा खटिएका प्रहरीहरुका लागि समेत पर्याप्त मास्क प्रशासनले उपलब्ध गराउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस