नेपालमा कोरोना जित्नेको संख्या ४ पुग्यो, कैलालीका युवा पनि घर फर्किए

नौलो समाचार संवाददाता
२०७७ बैशाख ७, आईतबार मा प्रकाशित ६६४ पटक पढिएको

नेपालमा कोरोना जित्नेको संख्या ४ पुग्यो, कैलालीका युवा पनि घर फर्किए

बैशाख ७, धनगढी । कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किएका हुन्।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए। यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति हुने भएका छन्।

यसअघि स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा पनि यसबारे जानकारी गराइएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमण भएर पनि निको भएर घर फर्कनेको संख्या ४ पुगेको छ भने ३१ जना संक्रमित भएका छन्। अब २६ जनाले देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।


प्रतिक्रिया दिनुहोस