देशका विभिन्न भागमा वर्षा : पूर्वतिर चट्याङ, हुरीबतास र असिना

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ३९७ पटक पढिएको
देशका विभिन्न भागमा वर्षा : पूर्वतिर चट्याङ, हुरीबतास र असिना

बैशाख ९, काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबतास सहित पानी परिरहेको छ ।

विशेषगरी प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम अझै डेढ घण्टा चल्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो बादल अहिले उत्तर पूर्वतिर सरिरहेको छ । यसकै कारण पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्ने भएकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस