उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ बैशाख ९, मंगलबार मा प्रकाशित ६८३ पटक पढिएको
उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो

बैशाख ९, काठमाडौं । नेपालमा आज (मंगलबार) मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोसी अस्पतालबाट शंकास्पद नतिजा आएका ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परीक्षण गरिएको थियो । भने ३ जनाको काठमाडौंमा पुनः परिक्षण गरिएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा संक्रमण भएका पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले एक जनामा संक्रमण देखिएको पुष्टि गरे पनि आज अबेर अन्य १० जनाको संक्रमण पुष्टि गरेको हो। उनीहरु सबैलाई आइसोलेसनमा राख्न विराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको छ।

उदयपुरमा मात्र कोरोनाको संक्रमण हुनेको संख्या २२ जना पुगेको छ । यस अघि उदयपुरको एक मस्जिदमारहेका स्लामिक धर्म गुरु सहित १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । सरकारले उनीहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्दै जाँदा आज थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।


प्रतिक्रिया दिनुहोस