काभ्रेमा लकडाउनको २८ दिनमा २८ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ बैशाख १०, बुधबार मा प्रकाशित १३१९ पटक पढिएको

काभ्रेमा लकडाउनको २८ दिनमा २८ जनाको मृत्यु

बैशाख १०, काभ्रे । काभ्रेमा लकडाउनको २८ औ दिनसम्म २८ वटा घटना भएका छन् । घटनामा २८ जनाको निधन भएको छ भने ३८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलमा २१ वटा घटना दर्ता भएका छन् भने इलाका प्रहरी कार्यालय बनेपामा ७ वटा घटना दर्ता भएका छन् ।

लकडाउन चलिरहेका बेला झुण्डिएर र विष सेवन गर्नेहरु १५ जना छन् । लडेर एक जनाले ज्यान गुमाएका छन् भने भवितब्यमा परि एक जनाले ज्यान गुमाएका छन् । मृत्युका कारण नखुलेको तर ज्यान गुमाउनेको संख्या ४ जना छन् । सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन् । २८ वटा घटना मध्ये सवारी ज्यान सम्वन्धी २ वटा छन् भने अभ्रद ब्यवहारमा ३ वटा छन् । लागु औषधमा १ र चोरी सम्वन्धी २ वटा मुद्दा छन् ।

ज्यान सम्वन्धी कसुरका २३ वटा मुद्दा दर्ता भएका छन् । आत्महत्या गर्नेहरुमा महिला धेरै छन् । १८ वर्षको उमेर देखि ७५ वर्ष उमेरसम्मका ब्यक्तिहरुले आत्महत्या गरेका छन् । लकडाउन अवधीमा घर भित्र परिवारका सदस्यहरु सबै भएकै बेला आत्महत्या गर्नेहरु धेरै भए । २८ दिनको अवधीमा २३ जनाले ज्यान गुमाउनु परेको छ । जिल्लामा आत्महत्याको संख्या थपिदै जानुमा विविध कारण मानिदै आएको छ ।

लकडाउन घोषणा भएकै दिन २०७६ चैत्र १० गते दिउसो पाँचखाल नगरपालिका वडा नम्वर ८ स्थित अरनीको राजमार्ग सडक खण्डमा बालकुमारी आचार्य समेत भक्तपुरको कमलबिनायकमा बसी आएको र बिश्वभरी माहामारीको रुपमा फैलिएको कोराना भाईरसको कारण दोलाखा जान हिडेको सुजनबाबु श्रेष्ठले चलाएको बा २० च ७७८६ नम्वरको बलेरो गाडी चढी भक्तपुरबाट दोलखा तर्फ जाने क्रममा अरनीको राजमार्ग सडक खण्डमा दोलालघाटबाट काठमाण्डौ तर्फ आउदै गरेको राकेश तामाङले चलाएको प्रदेश नं. ०३–०१–०२३ च २१४० नम्वरको स्कार्पियो गाडीले एक्कासी ठक्कर दिई एक आपसमा ठक्कर खाई सवारी दुर्घटना भएको थियो ।

बा २० च ७७८७ नं. बोलेरो गाडी सडकबाट १५ मिटर तल खसी सवारी दुर्घटना भई उक्त बलेरो गाडीमा सवार बालकुमारी आचार्य तथा आफन्त छिमेकीहरु समेत सख्त घाईते भई तत्काल उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा घाईते मध्ये बालकुमारी आचार्यकोे उपचारकै क्रममा मृत्यु भएको थियो । अन्य घाईतेहरु विभिन्न अस्पतालमा उपचार भई घर फर्किएका छन् ।


प्रतिक्रिया दिनुहोस