दुई कोरोना संक्रमित थपिए, सनसिटीका दुई जना डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७७ बैशाख ११, बिहिबार मा प्रकाशित ५०९ पटक पढिएको

दुई कोरोना संक्रमित थपिए, सनसिटीका दुई जना डिस्चार्ज

बैशाख ११, काठमाडौं । नोभेल कोरोना भाइरस संक्रमित दुई जना थपिएका छन् । उदयपुरबाट ल्याएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा दुई जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना पोजेटिभ हुनेमा एक जना महिला र एक जनकपुरका पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।  त्यसैगरी पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना भाइरस संक्रमित निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोना संक्रमण देखिएर पाटन अस्पतालमा उपचाररत दुई जना नै निको भएको र उनीहरुलाई अाज (बिहीबार) दिउँसो डिस्चार्ज गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस