काभ्रेमा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न (कुन पालिकामा कति पुन: निर्माण ?)

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ३२३ पटक पढिएको
काभ्रेमा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण सम्पन्न (कुन पालिकामा कति पुन: निर्माण ?)

बैशाख १२, काभ्रे । बिनाकाशकारी भुकम्प गएको ५ वर्ष पुरा हुदाँ काभ्रे जिल्लामा जम्मा ६१ प्रतिशत मात्रै निजी आवास पुनःनिर्माण भएको छ । जिल्लामा २०७२ बैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पहरुले क्षति पुर्याएका ९८ हजार १९ घरधुरी सर्वेक्षण गरिएको थियो । त्यस मध्ये ८४ हजार ४ सय ८३ जना लाभग्राहिको नाम अनुदान पाउने सूचिमा सूचिकृत भएको थियो । जिल्लामा ७६ हजार ६ सय ८४ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको थियो ।

१३ स्थानीयतहमा पुनःनिर्माणको तथ्याङ्क हेर्दा गाउँपालिकाको तुलनामा नगरपालिकाहरु निकै पछि देखिन्छन् । ६ वटानगरपालिका मध्ये मण्डनदेउपुर नगरपालिका बाहेक अन्य ६० प्रतिशत कटाउन सकेका छैन । ८ हजार ७ सय ३४ लाभग्राहि रहेको मण्डनदेउपुरमा ७३ प्रतिशतले घर बनाएका छन् । ६ हजार ५ सय ५७ लाभग्राहि रहेको बनेपा नगरपालिकामा जम्मा ५२ प्रतिशतले घर बनाएका छन् । ५ हजार ३ सय ९२ लाभग्राहि मध्ये धुलिखेल नगरपालिकामा ५० प्रतिशतले मात्रै घर बनाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अनुदान ब्यवस्थापन तथा पूर्वाधार कार्यालयले काभ्रेले जनाएको छ ।

त्यस्तै ९ हजार ४ सय ७९ जना पहिलो किस्ताको सम्झौता गरेका पनौती नगरपालिकाका जम्मा ५३ प्रतिशतमात्रै घर निर्माण पुरा भएको छ । त्यस्तै ९ हजार २ सय ३४ जना लाभग्राहिले पहिलो किस्ता सम्झौता गरेका पाँचखाल नगरपालिकामा ६२ प्रतिशत नागरिकले घर निर्माण गरेका छन् । त्यसैगरी नमोबुद्ध नगरपालिकामा पहिलो किस्ता सम्झौता गरेका ६ हजार ७ सय ३४ लाभग्राही मध्ये जम्मा ४९ प्रतिशत मात्रै घर निर्माण भएका छन् ।

७ वटा गाउँपालिका मध्ये महाभारत र भुम्लु गाउँपालिका निजी आवास निर्माणमा निकै अघि देखिएका छन् । ५ हजार ९ सय ११ लाभग्राहिसँग पहिलो किस्ताको सम्झौता भएको भुम्लुमा ७९ प्रतिशत घर निर्माण पुरा गराएको छ । त्यस्तै २ हजार ९ सय लाभग्राहिसँग सम्झौता भएको महाभारत गाउँपालिकामा पनि ७९ प्रतिशत नै घर निर्माण पुरा भएको छ ।

३ हजार ९ सय ९८ लाभग्राहिसँग सम्भौता भएको बेथानचोक गाउँपालिकामा जम्मा ५९ प्रतिशत घर निर्माण पुरा भएको छ । त्यस्तै रोशी गाउँपालिकामा ५ हजार ८ सय १२ जनासँग पहिलो किस्ता सम्झौता भएपनि ५९ प्रतिशतले मात्रै घर निर्माण गरेका छन् । चौरी देउराली गाउँपालिकाका ५ हजार ९ सय ११ जनासँग पहिलो किस्तो सम्झौ भएकोमा ६४ प्रतिशतले मात्रै घर बनाएका छन् । जिल्लाको तेमाल गाउँपालिकामा ४ हजार ३ सय ५० जना लाभग्राहिसँग सम्झौता भएकोमा ६२ प्रतिशत भूकम्पप्रभावितले मात्रै घर निर्माण गरेका छन् ।

१ सय ३५ वटा वडा कार्यालय रहेको जिल्लामा १ सय २० जनाइन्जिनियर, ६५ जना सबइन्जिनियर र ६७ जन असिस्टेन सब इन्जिनियर खटिएका थिए ।

२०७२ साल बैशाख १२ को भुकम्पमा जिल्लाभर ३७२ ले ज्यान गुमाएका थिए । महिला १३०, पुरुष ८०, बालक ४९, बालिका ५९ ले ज्यान गुमाएका हुन् । भुकम्पमा १४ हजार ८ सय ४३ जना घाईते भएका थिए । ३ सय १७ वटा सामुदायिक विद्यालय पूर्ण क्षति भएका थिए । भुकम्पले जिल्लाका ६७ वटा मन्दिर पूर्ण रुपमा भत्किएका थिए । त्यस्तै ४८ वटा सामुदायिक भव, ३१ वटा सरकारी भवनमा पुर्ण क्षति पुगेको थियो ।

जिल्लामा ८१ वटा स्वास्थ्य संस्था, ३७ वटा लघु जलविद्यूत र २५ वटा गुम्बामा क्षति पुगेको थियो । त्यसैगरी ७ वटा सहकारी भवन, ३ वटा रेडक्रस भवन र १ वटा दुध चिस्यान केन्द्रमा क्षति पुगेको वितरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस