कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउने सरकारको निर्णय

नौलो समाचार संवाददाता
२०७७ बैशाख १४, आईतबार मा प्रकाशित २८१ पटक पढिएको
कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकालाई कोरिया पठाउने सरकारको निर्णय

बैशाख १४, काठमाडौं । सरकारले कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुलाई कामका लागि कोरिया पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को अाज (अाईतबार)को बैठकले तत्कालको लागि अरु देशमा कामदार पठाउन रोक लगाए पनि कोरिया जान भने खुला गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस