बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ४५१ पटक पढिएको
बनेपामा लकडाउन उल्लंघन गर्ने २२ ब्यापारी प्रहरी नियन्त्रणमा

बैशाख १६, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले लकडाउन उल्लंघन गर्ने २२ जना ब्यापारीलाई नियन्त्रणमा लिएको छ । लकडाउनको उल्लंघन गरी पसल खोल्ने २२ जना ब्यापारीलाई अाज (मंगलबार) बनेपाका विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

सरकारले तोकेभन्दा विपरितका पसल खोले पछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । हार्डवेयर, कस्मेटिक, होटल, लुगा, जुत्ता लगायतका पसल खोल्ने ब्यापारीलाई नियन्त्रणमा लिएको तिमिल्सिनाले बताए ।

उनीहरुलाई झण्डै एक घण्टा लकडाउनका नियम, कोरोना भाइरसबाट बच्ने उपायका बारे सचेत गराएर पठाएको प्रहरीले जनाएको छ । बनेपा प्रहरीले यस अघि पनि सयौँ नागरिकलाई लकडाउन उल्लंघन गरेको आरोपमा नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस